समाज

घुस मागेको अभियोगमा अमिनविरुद्ध मुद्दा

घुस मागेको अभियोगमा अमिनविरुद्ध मुद्दा
मंसिर–२३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय महोत्तरी जलेश्वरका अमिन सन्तोषकुमार महासेठविरुद्ध घुस मागेको अभियोगमा विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार अमिन महासेठ स्थानीय सेवाग्राहीको जग्गाको अंश भर्पाई तथा कित्ताकाट गर्ने प्रयोजनका लागि विभिन्न बहाना गर्दै रु एक लाख लिँदालिँदैको अभियोगमा केही दिन पहिले पक्राउ परेका थिए । आयोगले कैद सजाय र जरिवानासमेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अमिन सन्तोषकुमार महासेठ नापी कार्यालय महोत्तरी जलेश्वर

विशेष