मनोरञ्जन

दीपिका बनिन् एसियाकै सेक्सी महिला

दीपिका बनिन् एसियाकै सेक्सी महिला
बलिउड अभिनेत्री दीपिका पादुकोणले यतिबेला पाइलैपिच्छे सफलता पाइरहेकी छिन् । हालै चार पटकसम्म सेक्सी महिलाको उपाधि जितेकी अभिनेत्री प्रियंका चोपडालाई दीपिकाले पछारेर अर्का सफलता प्राप्त गरेकी हुन् । उनी एसियाकै सबभन्दा सेक्सी महिला बन्न सफल भइन् । ब्रिटेनले निकालेको एक पत्रिकाले दीपिकालाई एसियाकै सेक्सि महिलामा तोकेको हो । सेक्सी भन्ने बित्तिकै मानिसहरुले धेरै कुरा सोच्न थाल्छन् तर, दीपिकाले आफ्नो नजरमा शारीरिक रुपमात्र नभएर आफेैँमा सन्तुष्ट हुनु नै सेक्सीको परिभाषा भएको बताइन् । दीपिकाका अनुसार आत्मविशवास, सरलता र असम्वेदनशीलता नै सेक्सीको परिभाषा हो । ब्रिटेनको एक म्यागजिनले निकालेको तथ्यंकअनुसार विशवभरको भोटबाट दीपिका पहिलो स्थानमा चुनिइन् भने चार वर्ष लगातार उक्त उपाधि जितेकी प्रियंका चोपडा दोस्रो स्थानमा परिन् । बलिउड अभिनेत्रीहरुमा कट्रिना कैफ सातौँ स्थानमा छिन्, सोनम कपूर आठौँ स्थानमा र गोहर खान दशौँ स्थानमा रहेकी छन् । एजेन्सी

दीपिका पादुकोण सेक्सि महिला

विशेष