खेल

म्यानचेस्टर युनाइटेड नक आउट चरणमा

म्यानचेस्टर युनाइटेड नक आउट चरणमा
मंसिर–२४ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गर्न सफल भएको छ । खेलमा र्जोया लुहान्स्कलाई २–० ले पराजित गर्दै युनाइटेड नक आउट चरणमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि युनाइटेडको लागि खेलको ४८ औँ मिनेटमा हेनरिक खितर्यानले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । त्यस्तै ८८ औँ मिनेटमा जाल्टान इब्राहिमोविचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच हेनरिक घोषित भए ।

म्यानचेस्टर युनाइटेड युरोपा लिग

विशेष