समाज

रहस्यमय मृत्यु

रहस्यमय मृत्यु
मंसिर–२४ । काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको शुक्रबार रहस्यमय मृत्यु भएको छ । उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिएका छन् । प्रहरी चौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो । यो घटना कसरी भयो, यसको विस्तृत अनुसन्धान थालिसकेका छाैँ, प्रहरी उपरीक्षक थापाले भने – ''उनलाई स्थानीयवासीले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेको थियो ।'' रासस

काभ्रेपलाञ्चोक लक्ष्मी परियार

विशेष