मुख्य समाचार

तिर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, गम्भीर घाइते ६ जनालाई धरान पठाइयो

तिर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, गम्भीर घाइते ६ जनालाई धरान पठाइयो
मंसिर – २४ । उदयपुरको लेखानी गाविसमा भएको सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ । हलेसी पुगेर सप्तरी फर्की रहेको ना ४ ख ३६२० नम्बरको बस उदयपुरको कटारी–घुर्मीको लेखानी–६ मा शुक्रबार बिहान दुर्घटना भएको हो । हलेसी दर्शन गरेर फर्कने क्रममा तिर्थयात्री बोकेको बस लेखानी–६ मा दुर्घटना हुँदा घटनास्थलमै तीन जना र एक जनाको उपचारको क्रममा ज्यान गएको छ । ज्यान जानेमा सप्तरी मघुपट्टी–६ श्रीनगर गाउँ बस्ने ३३ वर्षकी कुसुमदेवी राम, ६० वर्षकी सरस्वती देवी राम, १३ वर्षे बालक दिपेश राम र ७० वर्षे ठकन राम रहेका छन् । गम्भीर घाइते भएका ६ जनालाई धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिर्फर गरिएको कटारी अस्पतालले जनकारी दिएको छ । रिर्फर हुनहरुमा श्रीनगर गाउँका ललन पासवान, नहरा बिक, बिन्दा पासवान, पर्मिला सदा, खुसरी राम र अनिलकुमार राम रहेका छन् । सामान्य घाइते मध्ये १५ जनाको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सप्तरीको जनचेतना दलित संगम मघुपट्टी नामक गैरसकारी संस्थाले आफ्ना सेवाग्राहीलाई हलेसी दर्शन गराउन लगेको थियो । बसमा चालकसहित ४२ जना यात्रु थिए ।

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सडक दुर्घटना हलेसी दर्शन

विशेष