समाज

फरार अभियुक्त पक्राऊ

फरार अभियुक्त पक्राऊ
मंसिर–२४ । पुनरावेदन अदालत ललितपुरले रु ६ करोड ९० लाख २० हजार ६४७ जरिवाना र तीन वर्ष कैद फैसला गरेको एक अभियुक्तलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुरको अभियोग लागेका भक्तपुरको सूर्यविनायक नगरपालिका–४ नंखेलका मदन खत्रीलाई महानगरीय प्रहरी वृत्त जगातेको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् । अदालतले कसुर ठहर गर्दै जरिवाना कैद फैसला गरेको व्यक्ति फरार रहेको जानकारी आएपछि प्रहरीले खत्रीलाई पक्राउ गरी आजै अदालतलाई बुझाएको उनले जानकारी दिए । रासस

अभियुक्त प्रहरी

विशेष