खेल

महिला साफ च्याम्पियनसिपको लागि २० सदस्यीय टोली घोषणा

महिला साफ च्याम्पियनसिपको लागि २० सदस्यीय टोली घोषणा
मंसिर–२४ । भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली महिला टोलीको घोषणा गरेको छ । २० सदस्यी टोलीमा रेनुका नगरकोटी कप्तान र आँचल वाइवा उपकप्तान रहेका छन् । यस्तै प्रशिक्षकमा कुमार थापा छन् भने सहायक प्रशिक्षकमा अस्मिता खवास रहेका छन् । टोलीमा ३ जना गोलकिपर, ६ जना डिफेन्डर, ७ जना मिडफिल्डर र ४ जना स्ट्राइकर छन् । टोलीमा गिता राना, हिराकुमारी भुजेल, नमिता कुमारी, सपना लामा, पुनम जर्घा मगर, कृष्ण खत्री, सावित्रा राजभण्डारी, मनमाया लिम्बू, अनिता बस्नेत, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कबिता धिमाल, सरु लिम्बु र निर्मला बिक रहेका छन् । समूह 'ए'मा रहेको नेपालसँग श्रीलंका, माल्दिभ्स र भुटान छन् । नेपालले आफ्नो पहिलो खेल पुस ११ गते भुटानसँग खेल्ने छ ।

एन्फा चौथो महिला साफ च्याम्पियनसिप

विशेष