निजी अस्पतालहरु लापरबाही गर्छन्, बिरामी मरेपछि क्षतिपूर्ति तिरेर घटना लुकाउँछन्
मंसिर २५ । स्तरीय र सुरक्षीत उपचारका लागि आफ्नो आर्थिक हैसियतबाहिर गएर सुविधासम्पन्न तथा महँगा अस्पताल जानेको संख्या बढ्दो छ । रोगबाट मुक्तिको त्यो चाहनामा चिकित्सक भगवान र अस्पताल एकमात्र आस्थाको केन्द्र बन्न जान्छ, बिरामी र उनको परिवारका लागि । तर लापरबाहीयुक्त उपचारको घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ । त्यही क्रममा कति अपांगताको सिकार हुन पुगेका छन् । भने केहीको मृत्युसमेत भएको छ ।
बुटवलका ३० वर्षीय सुदिव विष्टको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाका क्रममा मृत्यु भएपछि अस्तालको लापरबाहीले ज्यान गएको आरोपसहित उनको परिवारले मुद्धा हालेको छ, जिल्ला प्रशासन कार्यालयमा, १० करोड क्षतिपूर्तिको मागसहित । उपभोक्ता हित संरक्षण मञ्चको कानुनी सहायतामा उनको परिवारले विष्टको उपचार प्रmियामा पारबाही गर्ने चिकित्सक र अस्पतालविपरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । –अन्नपूर्ण पोस्टबाट