स्वास्थ्य

गोबिन्द केसी अनशन बस्दा पूरै हंगामा हुने, मधेसमा विकास तिवारीको जायज मागमा किन कोही नबोल्ने ?

गोबिन्द केसी अनशन बस्दा पूरै हंगामा हुने, मधेसमा विकास तिवारीको जायज मागमा किन कोही नबोल्ने ?

मंसिर–२५ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै अनशनरत नेपाल सद्भावना पार्टी गजेन्द्रबादी अध्यक्ष विकास तिवारीले आफ्नो मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।

‘निमुखाका लागि बोलिदिने कोही भएन । राज्यले सुन्नुपर्छ । मैले यो सत्याग्रहबाट राज्यलाई जगाउँछु । जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको मार्ग प्रशस्त गर्छु,’ तिवारीले शुक्रबार भने । उनी अनशन बसेको शुक्रबार १७ दिन पुगेको छ ।

तराईमा चिको बढिसकेको छ । अस्पताल परिसरको चौतारोमा अनशनरत तिवारी चिसोका कारण राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । जसोतसो सम्हालिएर उनले भने, ‘मेरो स्वास्थ्यभन्दा जनताको स्वास्थ्य महत्वपूर्ण हो, ठूलाबडाले सुविधासम्पन्न अस्पतालका उत्कृष्ट सेवा–सुविधासहित उपचार पाउँछन् तर गरिब जनताले उपचार गर्ने अस्पतालको दुरवस्थालाई समाप्त पार्न म अनशन बसेको हुँ ।’ यसैबीच, तिवारीको जीवनरक्षाको माग गर्दै राजविराजमा विद्यार्थीले प्रदर्शन गरेका छन् । –नागरिक दैनिकबाट

विशेष