मनोरञ्जन

ऐश्वर्याको पद्मावतीमा यस्तो स्पेसल भूमिका

ऐश्वर्याको पद्मावतीमा यस्तो स्पेसल भूमिका
एजेन्सी — ‘रामलीला’ र ‘बाजिराओ मस्तानी’ जस्ता ब्लकबस्टर फिल्मको सफलता पछि निर्देशक सञ्जय लिला बन्साली अहिले अर्को फिल्म पद्मावतीको निर्देशनमा छन् । उक्त फिल्ममा रणभीर सिंह, साहिद कपूर, दीपिका पादुकोण र आदिती हाइदरी मुख्य भूमिकामा देखिदैँ छन् । केही समयको अन्तराल पछि फेरि फिल्मी दुनियाँमा छाएकी अभिनेत्री ऐशवर्या राय वच्चन फिल्म ‘पदमावती’मा स्पेसल भूमिकामा देखिने भारतीय मिडियाले जनाएको छ । भारतीय मिडियाकाअनुसार, ऐश्वर्या कुनै स्पेसल भूमिकासँगै एक नृत्यमा छिन् । ‘बाजिराओ मस्तानीमा’ प्रियंका र दीपिका नाचे जस्तै ऐशवर्या पनि दीपिकासँग नाच्ने बताइएको छ । ऐश्वर्याले पहिला पनि सञ्जय लिलाको हम दिल दे चुके सनम, देवदास र गुजारिस जस्ता फिल्ममा काम गरिसकेकी छिन् । औपचारिक रुपमा फिल्म रिलिजको मिति नतोकीए पनि फिल्म पद्मावती सन् २०१७ नोभेम्बरमा रिलिज हुन सक्ने बताइएको छ ।

ऐशवर्या राय वच्चन पदमावती सञ्जय लिला बन्साली

विशेष