खेल

रोनाल्डोको तेस्रो पटक क्लव विश्वकप जित्ने लक्ष्य

रोनाल्डोको तेस्रो पटक क्लव विश्वकप जित्ने लक्ष्य

मंसिर–२५ । लालिगामा डिर्पोटिभो लाकोरुनासँगको खेल पछि क्लब विश्वकप २०१६ को लागि रियल मड्रिड जापान प्रस्थान गर्दैछ । यस क्लब विश्वकपलाई रियल मड्रिडले गम्भीर रुपमा लिने मिडफिल्डर टोनीक्रोसले बताएका छन् ।  च्याम्पियन्स लिगका विजेता रियलले आइतबार हुने जापानको जओन बाकु हुन्डाइ मोटर्स र मेक्सिकोको क्लब अमेरिकाबिचको विजेतासँग सेमिफाइनलमा आउँदो बिहीबार जापानको योकोहामामा खेल्नेछ । क्रिष्टियानो रोनाल्डो क्लब विश्वकप विजेताको तेस्रो पटक उपाधि जित्ने दाउमा छन् । उनले यसअघि सन् २००८ माम्यान चेस्टर युनाइटेडको तर्फबाट र २०१४ मा रियलकै तर्फबाट क्लब विश्वकपको उपाधि जितेका थिए । ‘यो ठूलो प्रतियोगिता हो र यस प्रतियोगितालाई दुई पटकसम्म जिति सकेकोमा म निकै भाग्यमानी छु ।’ उनले भने, ‘पक्कै पनि म यो उपाधिलाई तेस्रो पटक जित्न चाहन्छु । हामी यो प्रतियोगितामा जित्ने लक्ष्यका साथ जाँदैछौँ ।’ उक्त प्रतियोगितामा ग्यारेथ बेलको भने अनुपस्थितिहुने छ । उनी चोटका कारण मैदान बाहिर रहेका छन् । विश्व फुटबलको उच्च निकाय फिफाले हरेक वर्ष ६ महादेशको प्रगियोगिताका विजेताबिच क्लब विश्वकप प्रतियोगिता गर्दै आएको छ ।

क्लव विश्वकप रोनाल्डो

विशेष