मनोरञ्जन

जीवन्त अभियनका लागि यस्तोसम्म गर्छन हलिउडका कलाकारहरु

जीवन्त अभियनका लागि यस्तोसम्म गर्छन हलिउडका कलाकारहरु
   

हलिउड फिल्ममा कलाकारहरुले आफ्नो पात्रअनुसारको मिहिनेत गरेका हुन्छन् । कलाकारले कथा अनुरुपको आफ्नो ज्यान पनि मिलाउनु पर्ने हुन्छ । तर यो काम सोचे जस्तो सजिलो भने हुन्न । केही समय यता बलिउड अभिनेता आमिर खानकै तौलमा गरेको घटबढको निकै चर्चा भएको थियो । उनले पात्रअनुसार तौल बढाए र साथसाथै अहिले घटाए पनि । तर यस्तो मिहिनेतले व्यक्तिगत स्वास्थ्यमा भने हानी पनि पुर्याउन सक्छ । चरित्रमा आफूलाई ढाल्न कलाकारले लिएको खतराको परिणाम कुनै कुनै अवस्थामा ज्यान जानेसम्म पनि हुन्छ ।  हलिउडका केही चर्चित फिल्मका लागि अभिनेताहरुले आफ्नो स्वास्थ्यको जोखिम उठाएका छन् । जुन आम मानिसले आँट गर्न गाह्रै पर्न सक्छ ।
हिथ लेजर सन् २००८ को ’द डार्क नाइट’को जोकर चरित्रकालागिहिथले आफूलाई हप्तौसम्म होटलको एक कोठामा आफूलाई बन्द गरेका थिए । होटलमा रहँदाउनले आफैँसँग मात्र बोल्ने, विभिन्न आवाजमा बोल्ने तथा जोकरकै शैलीमा जथाभावी जर्नल लेख्ने गरेका थिए । यस बसाइबाट उनले चरित्रका लागि चाहिने ’प्यारानोया’ र ’इनसोमेनिया’को विकास गरे । उनले चरित्रमा आफूलाई भिजाउन विभिन्न औषधीको ओभरडोज लिएको र जसका कारण फिल्मको छाँयाकंन सकिएको केहि समयमा मृत्यु भएको बताइन्छ । औषधीको ओभरडोजका कारण हिथले २८ वर्षको उमेरमा नै मृत्युवरण गर्नुर्पयो। फिल्ममा उनले निभाएको जोकर चरित्रका लागि उनले सर्वोत्कृष्ट सह–अभिनेताको ओस्कर अवार्ड जिते जसलाई फिल्मका निर्देशकले ग्रहण गरेका थिए ।
ड्यानिल डे लेविस मेथड एक्टिङका लागि चिनिएका ड्यानियल डे लेविसले चरित्र निर्माणका लागि आफ्नो शरीरलाई यस्तो हदसम्म परिवर्तन गर्छन कि कहिलेकाँहि उनको वास्तविक रुप कस्तो छ भन्ने ठम्याउन दर्शकलाई गाह्रो पर्छ । उनले चाहे त्यो ’ग्याङ्स अफन्यूयोर्क’ होस या ’माइ लेफ्ट पुट’ वा’देयर विल बि ब्लड’ गरेका चरित्रहरु हुन् । ती फिल्ममा उनले गरेको परिश्रम आफैँमा उदाहरणीय छन् । यो सूचिमा उनको ’लिङ्कन’ र ’द लास्ट अफ द मोहिकन्स’पनि पर्छन् । ’माइ लेफ्ट फुट’का लागि उनी निरन्तर ८ हप्तासम्म ह्विलचेयर बसेका थिए । ‘ग्याङ्स अफन्यूयोर्क’को सुटिङ्मा उनलाई निमोनिया नै भयो तर उनले त्यति बेला निभाइरहेको पात्र भएको समयमा निमोनियाको उपचार नभएको भन्दै चिकित्सक सेवा नै लिएनन् ।
रोवर्ट डि निरो रोवर्ड दिनिरो अर्का त्यस्ता अभिनेता हुन् जसले आफ्नो चरित्रमा भिज्न कुनै कन्जुस्याईं गरेनन् । ‘रेजिङ बुल’ फिल्ममा आफूलाई सुगठित देखाए भने जेक लामोटाको चरित्रका लागि झण्डै २८ किलो तौल पनि बढाए । उनले ’ट्याक्सी डाइभर’को चरित्रमा भिजनका लागि करिब १ महिनासम्म ट्याक्सि ड्राइभर बनेर दैनिक १२ घण्टाको सिफ्ट काम पनि गरे ।
क्रिश्चियन बेल क्रिश्चियन बेल चर्चित कलाकार हुन् जो आफ्नो चरित्रलाई पूर्ण रुपमा निभाउँछन् । सन् २००४ मा ’द मेसिनिस्ट’मा रहेको तेर्भोर रेजनिकको चरित्रका लागि उनलाई ५–६ किलो वजन घटाउन भनिएको थियो तर उनले २७ किलोभन्दा बढि तौल घटाए । यसका लागि उनले प्रत्येक दिन एउटा स्याउ र एक क्यान टुना माछा मात्र खाए । त्यस्तै सन् २००५मा ब्याटम्यान फिल्मका लागि १०२ किलो वजन बढाएका थिए भने रेस्क्यू डनका लागि फेरि घटेर ६२ किलोमा झरेका थिए ।
टम हार्डी हलिउड अभिनेता टम हार्टीले ’द डार्क नाइट राइजेज’का लागि आफ्नो तौल करिब १३ किलोले बढाएका थिए । फिल्मका लागि थप मस्कुलर देखिनु पर्ने भएपछि उनले त्यसो गरेका थिए । यसका लागि उनलाई ३ महिनाको समय लागेको थियो ।
रसेलक्रो ‘बडी अफलाइज’का लागि रसेलक्रोले आफ्नो शरीरसँग नराम्री खेलवाड गरेका थिए । करिब दुई वर्ष लगाएर उनले आफ्नो तौल करिब ११७ किलो आशपास र्पुयाएका थिए । यस्तो गर्दा उनको शरीरिमा कोलस्टोरको मात्रा खतरानाक ढंगले बढेको थियो । उनको बढेको तौलको कारण उनलाई आफ्नै गाडीबाट निस्कन समेत गार्हो हुने गरेको थियो । फिल्म पश्चात उनले आफ्नो तौललाई आधाले कम गरे । –एजेन्सी

बलिउड अभिनेता हलिउड फिल्म

विशेष