समाज

‘भूस्वामित्वमा अधिकार नभएकाले महिला हिंसा’

‘भूस्वामित्वमा अधिकार नभएकाले महिला हिंसा’
मंसिर - २५ । महिलाको भूस्वामित्वमा अधिकार नभएका कारण ‘महिला हिंसा’ हुने गरेको सरोकार भएकाहरुले बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तथा ६८ आँंै मानवअधिकार दिवसका सन्र्दभमा महिला किसान सङ्घले आयोजना गरेको ‘खाद्य अधिकार, भूस्वामित्व र महिला हिंसा’ विषयको अन्तरसंवाद कार्यक्रममा सरोकार भएकाहरुले महिलाको भूमिका स्वामित्व बढाई हिंसालाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य शान्ता मानवीले राज्यले भूमिको व्यवस्थापनलाई समान रुपमा महिला र पुरुषलाई बाँडेर विभेद हट्ने बताइन् । उनले महिलाको भूमिका स्वामित्व नभएकै कारण हिंसामा परेको उल्लेख गरिन् । उनले महिलालाई हिंसाबाट मुक्त गर्नका लागि भूस्वामित्वको अधिकार दिएर उत्पादनशील काममा लगाउनुपर्ने बताइन् ।  राष्ट्रिय महिला आयोगका सहसचिव इन्दिरा दाहालले संविधानमा हिंसा निवारण गर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताउँदै संविधानम भएका व्यवस्थालाई कानुन बनाएर हिंसालाई निवारण गर्न पहल गर्नुपर्ने सुझाव दिइन् । आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता शान्ति खनालले नेपालको संविधानमा महिला अधिकारका कुरा धेरै उल्लेख भए पनि कार्यान्वयन फितलो भएको धारणा राखिन् । प्रा डा केशवराज खड्काले खाद्य अधिकार र भूस्वामित्व विषयमा कार्यपत्र प्रस्तुत गर्दै घरपरिवारमा नै लैङ्गिक समानता नभएको बताउँदै महिलालाई भूमिमा स्वामित्वको अधिकार प्रदान गर्नुपर्ने उल्लेख गरे । सङ्घका अध्यक्ष जयन्ती पौडेल र सदस्य कमला बोहराले पुरुष जत्तिकै महिलाको अधिकार बढाएमा र महिलालाई भूमि प्रदान गर्ने हो भने हिंसा कम हुने जिकिर गरिन् रासस

शान्ता मानवी

विशेष