देश

गुल्मी एघार दिनदेखि ठप्प

गुल्मी एघार दिनदेखि ठप्प
मंसिर - २५ । सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको एघारौँ दिन लाठी जुलुस प्रदर्शन गरिएको छ । सरकारले एघारौँ दिनसम्म पनि माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासमा लाठी लुजुस प्रदर्शन गरेका संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए। बन्दका कारण जिल्लाको जनजीवज कष्टकर बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखाना, सम्पूर्ण यातायात सेवा ठप्प छ । सङ्घर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेको छ । ग्रामीण भेगका मुख्यमुख्य व्यापारिक केन्द्रमा समेत प्रदर्शन कायमै राखिएको छ ।

गुल्मी बन्द संविधान संशोधन

विशेष