खेल

ला लिगामा बार्सिलोना ३–० गोल अन्तरले विजयी

ला लिगामा बार्सिलोना ३–० गोल अन्तरले विजयी
मंसिर - २५ । स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टिमले दोस्रो हाफको ५९ औं मिनेटमा वार्साका लुइस स्वारेजले गोल गर्दे १–० गोलको अग्रता लिएका थिए । त्यसपछि मेसीले खेलको ७२ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यस्तै अतिरिक्त समयमा गोल गर्दै मेसीले खेललाई ३–० को अवस्थामा पु-याए । एकतर्फी खेलमा ओसासुनाले खेलमा कुनै गोल गर्न सकेन ।

बार्सिलोना ला लिगा

विशेष