समाज

सिएनएन हिरोमा पुष्पा बस्नेत फेरि मनोनयन, भोली घोषणा गरिने

सिएनएन हिरोमा पुष्पा बस्नेत फेरि मनोनयन, भोली घोषणा गरिने

मंसिर २६ । अभिभावकसँग कारागारमा जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छिन् ।

कारागारका बालबालिकालाई काठमाडौंको बूढानिलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् । बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिककाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएका छन्

। सिएनएन हिरो बनाउन आज र भोलि आइतबार मा गएर मत दिन सकिने काठमाडौंमा मत अभियान चलाएका युवा अभियानकर्मी गौरव कँडेलले बताए । नेपाली समय अनुसार यही मंसिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

puspa Basnet

विशेष