मनोरञ्जन

लीला–लप्पनले वर्षालाई तनावै तनाव

लीला–लप्पनले वर्षालाई तनावै तनाव

मंसिर २६ । नाई नभन्नु ल २ बाट डेब्यु हुन पाँउदा वर्ष सिवाकोटी दंग थिइन । तर भूमिका छोटो भएकाले हात लाग्यो शून्य झै भयो । फिल्मवृत्तमा कसैले उनको वास्ता गरेनन् पनि । यसरी तड्पिएका बेला निर्देशक आबिके शरद उनको जीवनमा बहार बनेर आए, उनले वर्षालाई लिड रोलमा लिएर घोषणा गरे रामलीला । जीवन लुइटेलसंग रोमान्स गर्न पाउने भएपछि वर्षाका खुट्टटा भएमा थिएनन ।

दुर्भाग्य ! घोषणाको तीन वर्ष वितिसक्दा पनि रामलीला छायांकन भएको छैन । हाल म्युजिक भिडियोमा रमाइरहेकी यी अभिनेत्री दुखेसो पोख्छिन्, घोषणा भएको भोलिपल्टदेखि निर्माण भएको फिल्म अलपत्र पर्छ अर्कातिर सुिटङ भएको लप्पन छप्पनको प्रदर्शनको अत्तापत्तो छैन । बिचरी वर्षालाई लीला–लप्पनले तनावै तनाव

Barsha siwakoti

विशेष