विपन्नका नाममा सम्पन्नको रजाइँ

मंसिर २६ । वीर अस्पताल मुलुककै जेठो अस्पताल त हो नै, निर्धा तथा निःशहाय बिरामीलाई निशुल्क उपचार गर्नेमा पनि नाम कहलिएको अस्पताल हो । त्यो कसरी भने अस्पतालका चारसय शय्यामा ७० प्रतिशत निशुल्क उपचार हुन्छ ।
जो धेरैलाई थाहा छैन । तर निर्धा, निमुखा र निःशहायहरुका लागि छुट्याएको यो कोटाको कस्ता नागरिकले उपयोग गरिरेहका छन् भन्ने कसैलाई एकिन छैन स्वयं अस्पताल प्रशासनलाई पनि । अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेत भन्छन्, ‘हामीसँग कति नागरिकले निःशुल्क उपचार लिए भन्ने एकमुष्ट विवरण मात्र छ । तर, कहाँका कस्ता नागरिकले कुन–कुन उपचार निःशुल्क शुविधा लिए भन्ने विवरण छैन । यसलाई निकाल्न सकिएला तर समय लाग्छ ।’
कुन जिल्ला वा गाँउका गरिब बिरामीको कुन रोगको निःशुल्क उपचार गरियो विवरण दिन नसक्ने वीर अस्पताल मात्र एक्लो होइन, राजधानीमा रहेका १८ वटा सरकारी अस्पताल मध्ये बाँसबारी स्थित सहिद गंगालल राष्ट्रिय हृदय केन्द्र बाहेक अन्य कुनै अस्पताल यस्तो विवरण दिन चाँहदैन्÷सक्दैनन् । नेपाल साप्ताहिक
Bir Hospital Hospital in nepal