मनोरञ्जन

डिभोर्सपछि नर्मल हुँदै जोली

डिभोर्सपछि नर्मल हुँदै जोली

मंसिर २८ । नायिका एन्जेलना जोलीले ग्लामर वल्डलाई नै चकित पार्ने गरी गत सेप्टेम्बरमा पति ब्रांड पिटसँग अलग हुने निर्णय लिएकी थिइन । ६ सन्तानका अभिवाकहरु यतिबेला सम्बन्धविच्छेदको कानुनी लडाईमा रहेका छन् । सम्बन्धविच्छेद गर्नुको कारण आफ्ना पतिले आफ्ना सन्तानलाई दुव्र्यवहार गरेको आरोप जोलीले लगाएकी छन ।

जोेलीले डिभोर्सपछि पहिलोपटक सामान्य दैनिकीमा फर्कन लागेको छनक दिएकी छन् । उनी लस एन्जल्सको एक होटलमा कालो पहिरनमा फोटोसुट गर्दै गरेको अवस्थामा भेटिएकी हुन । जालीलाई देख्नेले उनको देब्रे हातमा विवाह पछि लगाएको विडिङ ब्याण्ड नदेखेको बताएका छन् । ब्राड पिटसंगको डिभोर्सपछि जोली लो प्रोफाइलमा बस्तै आएकी छन् ।

आफ्नो निजी विमानमा सवार भएको अवस्थामा पिटले आफ्नो एक सन्तानप्रति दुव्र्यवहार गरेको सननीपपूर्ण खवर सार्वजनिक भएपछि उनीविरुद्ध अमेरिकी जासुसी संस्था एफबीआइले अनुसन्धान समेत थालेको थियो ।

Angelina Joli

विशेष