ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण
मंसिर २६ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा बागलुङको निरयघाटस्थित आश्रमका ज्येष्ठ नागरिकलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ ।
राष्ट्रिय महिला अधिकार मञ्च र क्षेत्री महिला समाज बागलुङले शनिबार १५ हजार बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । अभियानको अन्तिम दिन पारेर रामानुज र ओमकारेश्वर आश्रमका ज्येष्ठ नागरिकको जीवनयापनमा सघाउ पु¥याउन खाद्यान्न वितरण गरिएको हो । दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, तरकारी, फलफूललगायतका सामग्री प्रदान गरिएको मञ्चका अध्यक्ष रेणु केसीले जानकारी दिइन । कार्यक्रममा बोल्ने वक्ताहरुले दुई संस्था मिलेर गरेको उक्त कार्यको सराहना गरेका थिए ।