समाज

युवतीको रहस्यमय मृत्यु

युवतीको रहस्यमय मृत्यु

मंसिर २६ । जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ ।

मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।

परिवारले युवती आफैंले सलको पासो लगाई आत्महत्या गरेको बताएका छन् भने घटना रहस्यमय भएकाले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Death

विशेष