खेल

रियल मड्रिडको नाटकीय जितले रच्यो नयाँ कीर्तिमान

रियल मड्रिडको नाटकीय जितले रच्यो नयाँ कीर्तिमान
मंसिर–२६ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले नयाँ कीर्तिमान रचेको छ । रियलले ३५ खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको हो । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिप्रोटिभो ला कोरुनालाई ३–२ ले हराएर रियल मड्रिडले अपराजित यात्रामा क्लबको नयाँ कीर्तिमान बनाएको सफल रह्यो । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५० औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दे रियललाई सुरुवाति अग्रता दिलाएका थिए । तर डिप्रोटिभोका लागि जोसेलुले ६३ र ६५ औँ मिनेटमा गोल गरेर रियल विरुद्ध २–१ को अग्रता निकालेका थिए । खेलको ८४ औँ मिनेटमा रियलका लागि मारिएनोले गोल गरेपछि रियल पुन खेलमा फर्केको थियो । त्यसपछि इन्जुरी समयमा रामोसले गोल गरेपछि नाटकीय रुपमा रियलले ३–२ गोलको अन्तरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । खेलमा रोनाल्डोलाई भने आराम दिइएको थियो । जितपछि शीर्ष स्थानको रियल मड्रिडको १५ खेलबाट ३७ अंक भएको छ ।

रियल मड्रिड स्पेनिस ला लिगा

विशेष