खेल

सिटी डर्बीमा म्यानचेस्टर माथि लिसेस्टरको शानदार जित

सिटी डर्बीमा म्यानचेस्टर माथि लिसेस्टरको शानदार जित
मंसिर–२६ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिसेस्टर सिटीले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई हराएको छ । किङ पावर स्टेडियममा भएको सिटी डर्बी खेलमा लिसेस्टरले म्यानचेस्टरलाई ४–२ गोलको अन्तरले पराजित गर्यो । लिसेस्टरको जितको लागि लिसेस्टरका भर्डीले ह्याट्रिक पुरा गरे । उनले ३, २० र ७८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै एण्डी किङले ५ औँ मिनेटमा एक गोल गरेका थिए । म्यानचेस्टर सिटी ८० मिनेटसम्म आइपुग्दा ४–० ले पछि परिसकेको थियो । ८२ औँ मिनेटमा कोलारोव र ९० औँ मिनेटमा नोलिटोले गोल गरेपछि ४–२ को हार व्यहोरेको हो । १५ खेलबाट १६ अंकसहित लिसेस्टर १४ औं स्थानमा छ । यस्तै चौथो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३० अंक छ । शीर्ष स्थानको आर्सनलको भने ३४ अंक रहेको छ ।

प्रिमियर लिग म्यानचेस्टर सिटी लिसेस्टर सिटी

विशेष