समाज

ट्रयाक्टरबाट खस्दा बालककाे मृत्यु

ट्रयाक्टरबाट खस्दा बालककाे मृत्यु
मंसिर–२६ । सिन्धुली जिल्लाकाे पिपलमाढी गाविसमा ट्रयाक्टरबाट खस्दा पिपलमाढी– १ घर भएका सातवर्षीय मनोज गोलेको अाइतबार घटनास्थलमै मृत्यु भएको छ । बालक ट्याक्टरबाट अचानक झर्दा उक्त ट्र्याक्टरको टेलरको चक्काले थिचिँदा मुत्यु भएको प्रहरीले बताएको छ । ढुङ्गा लिन मरिण खोलातर्फ जाँदै गरेको ना ५ त ३६३८ नं ट्याक्टरबाट खस्दा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पिपलमाढी– १ श्रीपुर नरसरी सिसौघारीस्थित ती बालक झमझमेबाट चढेका थिए । चालक फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस

मृत्यु सिन्धुली

विशेष