प्रवास

दुई नेपाली महिला कामदारलाई लेबनान सरकारले गर्यो देश निकाला

दुई नेपाली महिला कामदारलाई लेबनान सरकारले गर्यो देश निकाला
मंसिर–२६ । अवैधानिक नेपाली कामदारलाई सघाएको र कामदार भएर अधिकारकर्मी बनेको आरोपमा लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ । लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको छ र डिपोर्ट गर्ने पक्रियामा रहेको बताइएको छ । सुजना र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका थिए । नागरिक समाज लगायतले उनीहरुलाई देश निकाला गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । सुजना र रोजीलाई मौका दिनुपर्ने र दोषी देखिएमात्र देश निकाला गर्नुपर्ने आवाज उठेको छ ।

नेपाली महिला कामदार लेबनान

विशेष