
मंसिर २६ । एजेन्सी — अभिनेता रणभीर सिंहले बलिउडमा ६ वर्ष बिताइसकेका छन् । बलिउडको ६ वर्षको यात्रा सफल भएकोमा उनले आफ्ना फ्यानहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
उमेरले ३१ वर्ष लागेका यी अभिनेताले सन् २०१० मा बलिउडमा पाइला टेकेका थिए । फिल्म ‘ब्याण्ड बाजा बारात’ बाट बलिउडमा डेब्यु गरेका रणभीरले अहिलेसम्म दर्शलाई भरपूर मनोरञ्जन दिँदै आएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई सधैँ अरुलाई मनोरञ्जन दिलाउन मन लागेको र दर्शको माया र साथले यो सपना पूरा भएको भन्दै स्टेटस राखेका छन् ।
बलिउडमा ६ वर्ष पूरा भएको विशेष दिनमा उनले अभिनेता आमीर खानसँग् भेटवार्ता गरेको खबर पनि ट्वीटरमार्फत जानकारी दिएका छन् ।
ranveer singh