समाज

ट्राफिक प्रहरीलाई समर्पन गर्दै विद्यार्थीद्वारा हस्ताक्षर संकलन

ट्राफिक प्रहरीलाई समर्पन गर्दै विद्यार्थीद्वारा हस्ताक्षर संकलन
मंसिर–२६ । बढ्दो सवारी चापलाई व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलार्इ समर्पन गर्दै न्युटन इन्टरनेशनल कलेजका विद्यार्थीहरुले ‘‘Let’s Protect Our Protectors from Pollution” “Stand up for someone’s right today dedicated to traffic police’’ भन्ने नाराका साथ हस्ताक्षर संकलन गरी ट्राफिक महाशाखामा बुझाएका छन् । काठमाडौँको धुवाधुलोबाट ट्राफिक प्रहरीको अधिकार हनन भएकाले उक्त हस्ताक्षर संकलन कार्यक्रम अन्तराष्ट्रिय मानव अधिकार दिवस २०१६ को अवसरमा गरिएको थियो । उक्त कार्यक्रम दुषित वातावरणबाट प्रभावित सडकमा खटिएका ट्राफिक प्रहरीहरुको स्वच्छ वातावरणमा बाच्न पाउनु पर्ने हकको सन्दर्भमा समर्पित भएको बताइएको छ । उक्त संकलित हस्ताक्षरको ब्यानर मिति २०७३÷८÷२६ गते ट्राफिक प्रहरी महाशाखाका प्रहरी अतिरिक्त आयुक्त प्र.ना.म.नि.प्रकाश अर्याल समक्ष बझाएका छन् ।

ट्राफिक प्रहरी न्युटन इन्टरनेशनल कलेज

विशेष