समाज

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण
मंसिर–२६ । प्रधानन्यायाधीश सशुीला कार्कीले अाइतबार बारा जिल्ला अदालतको निरीक्षण गरेकी छिन् । सो अवसरमा उनीले जनताको हक अधिकारका संरक्षण गर्न न्यायालय प्रतिबद्ध रहेको उल्लेख गर्दै जनतालाई सर्वसुलभ न्याय दिइनुपर्छ भनिन् । उनीले न्याय गर्दा हार्ने र जित्ने दुवैको चित्त बुझ्ने तरिकाबाट फैसला गर्नुपर्छ भनिन् । सो अवसरमा न्यायाधीश रीतेन्द्र थापाले जिल्ला अदालतबाट भए–गरेका काम बारे जानकारी दिए । जिल्ला न्यायाधीश भोजराज शर्माको सभातित्वमा सम्पन्न कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेशवीरसिंह बस्नेत, सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले न्यायसम्बन्धी प्रकाश पारेका थिए । आइतबारै प्रधानन्यायाधीश कार्कीले बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गरेकी थिइन् । रासस

अदालत निरीक्षण प्रधानन्यायाधीश सशुीला कार्की

विशेष