समाज

आमा समुहद्वारा मन्दिर निर्माण

आमा समुहद्वारा मन्दिर निर्माण

मंसिर २७ । कालीगण्डकी आमा समूह रामपुर पाल्पाले शिवालय मन्दिर निर्माण गरेका छन् । रामपुर नगरपालिका–६ स्थित कोप्चेघाटको झोलुङ्गे पुलको मुखैनिर मन्दिर निर्माण गरिएको हो । समूह कोषको रु दुई लाख र अन्य क्षेत्र, व्यक्तिबाट आर्थिक रकम उठाएर रु १६ लाखको लगानीमा मन्दिर निर्माण गरिएको निर्माण समिति सचिव बलबहादुर पोखरेलले बताए ।

निर्माण कार्यमा समूहका ८५ जना सदस्यले श्रमदान गरेका थिए । मन्दिर निर्माण भएपछि पाल्पाको रामपुर र स्याङ्जाको साँखर गाविसलगायतका झन्डै दुई हजार स्थानीय लाभान्वित भएका छन् । मन्दिरसँगै शौचालय, खानेपानी, धर्मशाला, चौतारी निर्माण गरिएको बताइएको छ ।

Mandir

विशेष