सफलताको कथा

पुष्पा बस्नेतले जितिन् ‘सिएनएन सुपर हिरो’ अवार्ड

पुष्पा बस्नेतले जितिन् ‘सिएनएन सुपर हिरो’ अवार्ड

मंसिर– २७ । नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छन् ।

अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड वितरण गर्न थालेको १० वर्ष पूरा भएको अवसरमा पूर्वविजेता मध्येबाट सुपरहिरो अवार्डको छनौट प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा अन्य चारजना ‘सिएनएन हिरो’ विजेताहरुलाई उछिन्दै पुष्पाले सुपरहिरोको उपाधि जितेकी हुन् ।

सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए ।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो । सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए । सिएनएनले सोमबार बिहान एक विशेष कार्यक्रमका बीच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो । बस्नेतले अवार्डसँगै ५० हजार डलर पुरस्कार पाएकी छन् ।

puspa Basnet

विशेष