प्रवास

अमेरिकामा डिसेम्बर ६ लाई नेपाल दिवस मनाउने घोषणा

अमेरिकामा डिसेम्बर ६ लाई नेपाल दिवस मनाउने घोषणा

मंसिर २७ । अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले डिसेम्बर ६ लाई नेपाल दिवस को घोषणा गरेको । नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यान ले डिसेम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन ।

नेपालीहरुको घना वस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील शहर अब नेपालीले अमेरिकन सरकारको आधिकारिक रुपमा नेपालीको पहिचानलाई स्थापित गरेको छ ।

एक विशेष कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको समुस्पस्थिती एवं गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल , नेपालीज समाज नर्थ क्यारोलिनाका सभापति डा शुष्मा प्रधान , एनसीएनसी संस्थापक सभापति इस्वर देवकोटा ,पूर्व अध्यक्ष डा ठाकुर कार्की उप नगर प्रमुख , स्टीव राओ ,राज्य परिषद् सदस्य सतीस गरिमेल्ला ,समाजसेवी रविन्द्र कार्की, रामकृष्ण वाग्ले, बालकृष्ण शर्मा, रेवती अधिकारी लगायत समुदायका नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।

Nepal Daiwas

विशेष