अब क्यान्सर पांच मिनेटमै निको हुने

वर्षेनी विश्वभर ७६ लाख मानिस क्यान्सरका कारण मर्ने तथ्यांक भेटिएको छ । जसमध्ये ४० लाख मान्छे त उमेर नपुग्दै मरिसक्छन् ।
तर अस्ट्रेलियामा भेटिएको एक दुर्लभ बिरुवाले वैज्ञानिक, चिकित्सक र मानिसहरूमा आशाको एक किरण छरेको छ । अस्ट्रेलियाको एक न्युज च्यानलका अनुसार यो बेरी फल फोन्टेनिया पिक्रोस्पर्माले क्यान्सर रोगलाई केही मिनेटभित्रै निको पार्छ । फोन्टेनिया उत्तरी अस्ट्रेलियामा मात्र फल्छ । क्वीन्स्ल्यान्डको रेनफरेस्ट क्षेत्रमा यस बेरीका बिउ पाइन्छन् ।
यसबाट बनेको औषधी शरीरमा इन्जेक्सन हाल्दा पाँच मिनेटभित्र सकारात्मक परिवर्तन आउँछ । एउटा कुकुरमा रहेको ट्युमर १५ दिनमा पूरै निको भएको थियो ।
बेरीका बिउमा रहेको ईबीसी ४६ नामक तत्वले क्यान्सरविरोधी काम गर्छ । यसको सफलता दर ७५ प्रतिशत रहेको बताइएको छ । Cancer Health