खेल ताजा खबर

भारतले जित्यो टेष्ट क्रिकेट, विराटको दोहोरो शतक

भारतले जित्यो टेष्ट क्रिकेट, विराटको दोहोरो शतक

मंसिर २७ । भारत र इङ्ल्याण्ड बिचको चौथो टेष्ट प्रतियोगिता भारतले जितेको छ । चौथो टेष्ट प्रतियोगिता जित्दै पांच खेलमा भारतले ३–० ले अग्रता लिएको छ ।

भारतको वानखडे स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले टस जितेर पहिलो पारीमा ४ सय रन बनाएको थियो जवाफि व्याटिङ गरेको भारतका कप्तान विराट कोहलीको दोहोरो सतकको माध्यमबाट विशाल ६ सय ३१ रनको योगफल तयार पारेको थियो र जसमा कोहलीले ३ सय ४० बलको सामना गर्दै २ सय ३५ रन बनाएका थिए ।

पहिलो पारीमा नै २ सय ३१ रनले पछि परेको इङ्ल्याण्ड दोस्रो पारीमा १ सय ९५ रनमै समेटियो । इङ्ल्याण्डलाई धरासायी बनाउन भारतका आर आश्विनले ६ विकेट लिए जसमा उनले २० ओभर खेल्दै ५५ रन दिएका थिए । यो खेलमा उनको १२ औं विकेट हो । उनले पहिलो पारीमा पनि ६ विकेट नै लिएका थिए ।

यस संगै भारतले पांच खेलको श्रृंखला १ खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

Test Cricket

विशेष