मनोरञ्जन

रईजमा पनि पाकिस्तानी कलाकार विवादमा शाहरुख

रईजमा पनि पाकिस्तानी कलाकार विवादमा शाहरुख

एजेन्सी — अभिनेता शाहरुख खानले फिल्म रईजमा अभिनय गरेकी पाकिस्तानी नायिका माहिरा खान फिल्मको प्रोमोसनमा उपस्थित नहुने बताएका छन् ।

केही महिना अघि भएको उरी हमलामा भारतीय सेना मारिए पछि भारत र पाकिस्तानबीचको तनाव बढेकोे छ । उक्त घटना पछि भारतमा रहेक केही पाकिस्तानी कलाकारलाई देश छोड्ने धम्की दिइएको थियो ।

यसकासाथै पाकिस्तानी कलाकारले अभिनय गरेका चलचित्र पनि रोक लगाइयो । केही समय पछिको सम्झौता पछि फिल्म चलाउन दिइन सहमत भएको थियो ।

अभिनेता शाहरुख खान अभिनित फिल्म रईज यही जनावरी २५ मा प्रदर्शनमा आउँदै छ । फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खानले शाहरुखसँग भूमिका बाँधेकी छिन् ।

दुई देशबीच तनाव चलिरहँदा माहिरा फिल्मको प्रोमोसन मुम्बाईमा हुने भन्नेबार शाहरुखले जानकारी दिएका छन् ।

Rais Sarukh KHna

विशेष