समाज

अर्काकी स्वास्नी भगाउने (जार) सम्बन्धी कानुनले समाउन सक्छ प्रकाशलाई

मंसिर २७ । प्रकाश दाहाल अर्थात प्रधानमन्त्री पुष्पकमल दाहालका सचिवालय सदस्य तथा पुत्रलाई बहुविवाहसम्बन्धी कानुन मात्रै होइन अन्य कानुन पनि लाग्ने सम्भावना देखिएको छ ।

वैधानिक पत्नी सिर्जना त्रिपाठी हुँदा हुँदै प्रकाशले अर्काकी पत्नी बीना मगरलाई चार वर्षअघि घिस्याएका थिए । बीना मगर वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ता शंकर अधिकारीकी पत्नी थिइन् ।

[caption id="attachment_44513" align="alignnone" width="829"] जारहरुका लागि मुलुकी ऐनमा भएको व्यवस्था[/caption]

अर्काकी पत्नी भन्ने थाहा हुँदा हुँदै प्रकाशले बीनालाई घिस्याएका थिए । मुलुकी ऐन २०२० को महल १८ मा ‘जारीको’ अर्काको स्वास्नी भगाउने जारसम्बन्धी व्यवस्था छ । सो व्यवस्थामा अर्काकी स्वास्नी हो भन्ने जानी बुझी भगाउनलाई दण्ड सजाय तोकिएको छ । सो महलको एक नम्बरमा लेखिएको छ, ‘अर्काकी स्वास्नी हो भन्ने कुरा जानी जानी वा सो थाहा पाउने मनासिब कारण भई कसैले त्यस्तो स्वास्नी मानिसलाई स्वास्नी बनाउन लगेमा जारी गरेको ठहर्छ । ’

त्यस्तै दुई नम्बरमा लेखिएको छ, ‘जारी खतमा साधुको (पीडित पतिको) नालिस परे जार र जारी गरिएको स्वास्नी मानिसलाई एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

[caption id="attachment_44517" align="aligncenter" width="540"] प्रकाशकी वैधानिक पत्नी सिर्जना र छोरा[/caption]

यस्तो सजाय दिलाउन प्रकाश र बीना दुवैलाई शंकर अधिकारीले नालिस दिन आवश्यक हुन्छ । प्रकाश र बीनाले विवाह गरेर एक पुत्रलाई पनि जन्म दिइसकेका छन् । ल्याइते बुहारी बीनाबाट जन्मेको बालकलाई दाहाल परिवारले स्वीकार गरिसकेको छ भने अहिले प्रचण्डकै बैधानिक बुहारी सिर्जना त्रिपाठी पोखरामा माइतीमा आफ्नो छोरा हुर्काएर बसेकी छन् ।

विशेष