मनोरञ्जन

चलचित्र ‘ग्यांगस्टार ब्लुजको’ लागि नायिका आनाको यस्तो तयारी

चलचित्र ‘ग्यांगस्टार ब्लुजको’ लागि नायिका आनाको यस्तो तयारी
मंसिर – २७ । फिल्म ‘जेरी’ बाट नेपाली फिल्म उद्योगमा धमाकेदार इन्ट्री गरेकी नायिका आना शर्मा पुनः फिल्ममा देखिदैँ छिन् । ‘जेरी’पछि करिब दुई उनी कुनै चलचित्रमा देखा परिनन् । दुई वर्षपछि चलचित्र ग्यांगस्टार ब्लुजमा खेखिन लागेकी हुन् । जेरी फिल्म खेल्दा मात्र १५ वर्ष रहेकी अनाले दुई वर्ष पछि आफ्नो विद्यालय जीवन सक्काएर फिल्ममा आएकी हुन् । हेमराज बीसीको निर्देशनमा बन्न लागेको फिलम ग्यांगस्टार ब्लुजमा आनाले नवनायक आसिरमान देसराज जोसीसँग जोडि बाँध्दै छिन् । आना अहिले चलचित्र ग्यांगस्टार ब्लुजको लागि निकै मिहेनत गर्दै आएकी छिन् । फिल्मको लागि निर्देशकले आना र आसिरमान दुवैलाई आफ्नो ज्यान बनाउन सल्लाह दिएका थिए । सल्लाहअनुरप यी दुवै नायक नायिकाअहिले ज्यान बनाउने तयारीमा जुटेका छन् । नायक आसिरमान सीक्स प्याक बनाउनका लागि जुटिरहेका छन् । त्यस्तै आना डान्स र वर्कआउट क्लास ब्यस्त हुन थालेकी छिन् । हरेक दिन आनाले २० मिनेट जति डान्स र ४५ मिनेट वर्कआउट गर्दै आएकी छिन् । उनको डान्स र वर्कआउटमा कोरियोग्राफर केशव थापाले साथ दिदैँ आएका छन् ।

Aana Sharma Jeree Movie ग्यांगस्टार ब्लुज

विशेष