खेल

अर्मेनिया खेलाडीको पहिलो गोलमा युनाइटेड विजयी

अर्मेनिया खेलाडीको पहिलो गोलमा युनाइटेड विजयी
मंसिर–२७ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । खेलमा युनाइटेडले टोटनह्यामलाई १–० गोलले हराउँदै आफ्नो ३ खेलको जित बिहीन यात्रा पनि तोडेको छ । लिगमा लगातार ३ खेलमा बराबरी खेलेको युनाइटेडलाई टोटनह्यामविरुद्ध जित दिलाउन हेनरिक मिखतार्यानले गोल गरे । २९ औँ मिनेटमा मिखतार्यानले गरेको गोल नै निर्णायक गोल बन्यो । उनी यो सिजनबाट क्लबमा आबद्ध भएका हुन् । यसका साथै मिखतार्यान प्रिमियर लिगमा गोल गर्ने पहिलो अर्मेनिया खेलाडी बनेका छन् । जितपछि १५ खेलबाट २४ अंक भएको युनाइटेड छैटौं स्थानमा छ । पाँचौं स्थानको टोटनह्यामको २७ अंक छ । हारपछि टोटनह्यामले म्यानचेस्टर सिटीलाई पछि पार्दै चौथो स्थानमा उक्लिने मौका गुमाएको छ । शीर्ष स्थानमा भने चेल्सी ३७ अंकका साथ रहेको छ ।

इंग्लिस प्रिमियर लिग टोटनह्याम म्यानचेस्टर युनाइटेड

विशेष