खेल

चेल्सी शीर्ष स्थानमा उक्लिन सफल

चेल्सी शीर्ष स्थानमा उक्लिन सफल
मंसिर–२७ । जारी इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेललाई जिताउन चेल्सीको लागि डिएगो कोस्टाले ७६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनको त्यो गोल नै निर्णायक भयो । जितपछि शीर्ष स्थानमा उक्लिएको चेल्सीको १५ खेलबाट ३७ अंक भएको छ । यस्तै वेष्ट ब्रोम २० अंकका साथ आठौँ स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी वेष्ट ब्रोम

विशेष