Technology

यी कुरा सिक्नको लागि वेब साइटहरु निःशुल्क छन्

यी कुरा सिक्नको लागि वेब साइटहरु निःशुल्क छन्

हाम्रो हरेक दिनको कार्यमा इन्टरनेट जोडिएको छ । इन्टरनेट पनि जीवनको एक अंग जस्तै बनेको छ । अहिले इन्टनेट बिना कुनै पनि काम गर्न निकै कठीन हुने गर्दछ । त्यसमाथि यसले समय वा फुर्सद नभएकाहरुलाई धेरै मद्दत पुर्याएको छ । नयाँ भाषा सिक्नहोस् या डिजाइनिङ गर्न त्यति मात्र नभई नयाँ परिकारका खाना बनाउन पनि यदि तपाईँको साथमा इन्टरनेट छ भने घरमै अन्य कामसँगै सिक्न सकिन्छ । अहिले सजिलैसँग हरेक कुरा युट्युबबाट सिक्न सकिन्छ । तर अनलाइनमा केही विभिन्न कुराहरु निःशुल्क रुपमा सिक्न मिल्ने छुट्टै लिंक पनि छ । जस्तै:
फोटोग्राफी फोटाग्राफीको आधारभूत ज्ञान तथा तौर–तरिका सिक्न www.photographycourse.net लिंकमा जान सकिन्छ  । www.photo.net/learn वेबसाइटमा व्यवसायिक फोटोग्राफरका विभिन्न उपयोगी आलेखहरु पढ्न पाउनका साथै आफ्नो फोटोग्राफी कलामा निखार ल्याउन सकिन्छ । फोटोग्राफीसँग सम्बन्धित शब्द तथा शब्दावलीका विषयमा जानकारी पाउनुका लागि डीपीरिभ्यू डटकममा जान सकिन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल उपयोगीहुन सक्छ ।
भाषा बाहिर जानको लागि हामीले उक्त देशको भाषा सिके आफैँलाई सजिलो हुन्छ । यदि अंग्रेजी भाषा कसैलाई आउँछ भने सो व्यक्तिले स्पेनिस र रसियन भाषा सजिलै सिक्न सक्छन् । भाषा सिक्नका लागि duolingo.com निकै सहयोगी हुन्छ । यो आइओएस तथा इन्ड्रोइड दुबैमा निःशुल्क उपलब्ध छ ।
नाँच नाच पढेर मात्र सिकिने कुरा होइन । यसको लागि कसरी गरिन्छ भनेर ट्युटोरियल भिडियो भए सिक्न र बुझ्न सजिलो हुन्छ । यसकालागि युट्युब उपयोगी हुनसक्छ । साथै dancetothis.com मा कसैले हिपहप, पप, स्ट्रिट, बे्रक डान्स, क्रपिङ एण्ड बलरुम डान्स जस्ता विभिन्न नाचहरुको कोर्स लिन सकिन्छ ।
आत्मरक्षा आत्मरक्षाको विधि पनि अब अनलाइनबाटै सिक्न सकिन्छ । Lifehacker.com बाट हामीले यो कला सिक्न सक्छौँ । आइओएसमा सेल्फ डिफेन्स ट्रेनर, एन्ड्रोइडमा मरिन कप्र्स मार्सल आर्टस् र विन्जोज ब्लाकबेरीमा सेल्फ डिफेन्स नामको एपउपलब्ध छ ।
कम्प्युटर प्रोग्रामिंङ codeacademy.com नामको वेबसाइटबाट कसैले जाभा स्क्रिप्ट, जेक्वेरी, पिएचपी, पायथन तथा रुबी सिक्न सकिन्छ । यस वेबसाइटले स्टेप बाइ स्टेप इन्स्ट्रक्सन प्रदान गर्दछ । उक्त वेबसाइट निःशुल्क हो त्यसैले यसमा साइन अप गर्नु पर्दैन ।
पकाउने कला  खाना त जसैलई पनि पकाउन आउनु पर्ने हुन्छ । विशेष गरी त अझ नेपाली समाजमा महिलालाई खाना बनाउन त आउनै पर्छ । खाना बनाउन आउँदैन भने अब चिन्ता लिनु पर्दैन किनकि कोही पनि simplyrecipes.com मागएर पकाउने कला र विभिन्न उपयोगी टिप्स प्राप्त गर्न सकिन्छ ।

Free Learning Website

विशेष