खेल

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, यस्तो छ खेल तालिका

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, यस्तो छ खेल तालिका
मंसिर–२७ । फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेल तालिका सोमबार सार्वजनिक भएको छ । उक्त ड्र स्वीजरल्याण्डको नियोनमा सार्वजनिक भएको हो । यसपाली च्याम्पियन्स लिगको नकआउट चरणको लागि सार्वजनिक भएको खेल तालिका अनुसार समूह ‘ए’को विजेता आर्सनलकोविरुद्ध समूह ‘डी’को उपविजेता वार्यन मुनिच , समूह ‘बी’को विजेता नापोलीविरुद्ध समूह ‘एफ्’को उपविजेता रियल मड्रिड , समूह ‘सी’को विजेता बार्सिलोनाविरुद्ध समूह ‘ए’को उपविजेता पेरिस सेन्ट जर्मेन , समूह ‘डी’को विजेता एथ्लेटिको मड्रिडविरुद्ध समूह ‘इ’को उपविजेता बायर लिभरकुसेन , समूह ‘इ’को विजेता मोनाकोविरुद्ध समूह ‘सी’को उपविजेता म्यानचेस्टर सिटी , समूह ‘एफ्’को विजेता बोरुसियाविरुद्ध समूह ‘बी’को उपविजेता बेनफिका , समूह ‘जी’को विजेता लिसेस्टर सिटीविरुद्ध समूह ‘एच्’को उपविजेता सेभिल्ला र समूह ‘एच्’को विजेता जुभेन्टसविरुद्ध समूह ‘जी’को उपविजेता पोर्टो बीच खेल हुने भएको छ । उक्त तालिकामा आफ्नै समूहको र राष्ट्रको टोलीसँग खेल नहुने गरी तालिका सार्वजनिक गरेको हो । जस्तै म्यानचेस्टर सिटीले आर्सनल, लिसेस्टर सिटीसँग खेल खेल्न नपाएको हो । त्यसैलाई लिएर टोलीहरु दुई समूहमा विभाजन गरियो र नकआउट चरणको खेल तालिका सार्वजनिक गरेको हो । लिगको फस्ट लेग फेब्रुअरी १३, १४, २० र २१ गते हुनेछ । त्यस्तै सेकेण्ड लेग मार्च ६, ७, १३ र १४ गते हुनेछ । क्वाटर फाइनलको फस्ट लेग अप्रिलको ११ र १२ गते हुनेछ भने सकेण्ड लेग १८ र १९ अप्रिलमा हुनेछ । यसका साथै सेमिफाइनलको फस्ट लेग मेको २ र ३ गते हुनेछ भने सेकेण्ड लेग ९ र १० गते हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल जूनको ३ गते हुनेछ । नोट : फस्ट लेग भनेको पहिलो टिमको घरेलु मैदानमा र सेकेण्ड लेग भनेको टिमको विपक्षीको घरेलु मैदानमा खेलाइने खेल हो । दुवै विपक्षी टोलीले आफ्नो घरेलु मैदानमा खेल खेल्न पाउने भनेर उक्त नियम रहेको छ ।

खेल तालिका च्याम्पियन्स लिग नकआउट चरण

विशेष