खेल

यस पटकको बालोन डि’ओरमा पनि रोनाल्डो र मेस्सीकै चर्चा, बाजी कसले मार्ला ?

यस पटकको बालोन डि’ओरमा पनि रोनाल्डो र मेस्सीकै चर्चा, बाजी कसले मार्ला ?

मंसिर–२७ । फ्रान्सको सर्वोत्कृष्ट अवार्र्ड ‘बालोन डि’ओर’को घोषणा हुने समय नजिकै आइसकेको छ । यस अवार्डका विषयलाई लिएर अन्तर्राष्ट्रिय स्टार फुटबल खेलाडी अर्जेन्टिनाका लिओनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा सुरु भएको छ । ‘बालोन डि’ओर’को घोषणा आउँदो सोमबार एक समारोहबीच हुँदैछ । जसमा बार्सिलोनाका मेस्सी र रियल मड्रिडका रोनाल्डोसँगै उरुग्वेका लुइस स्वारेज, फ्रान्सका आन्टोन ग्रेजम्यान र वेल्स काग्यारेथ बेलको नाम पनि अगाडि रहेको छ । तर, विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले मेस्सी र रोनाल्डोबीच नै कडा टक्कर पर्ने भविष्यवाणी गरिरहेका छन् । यस सिजनको अवार्डको दावेदारका रुपमा रोनाल्डोको नामलाई प्रमुखताका साथ उठाइएको छ । गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि र यस वर्ष पोर्चुगललाई यूरो कप जिताएको कारण पनि रोनाल्डोको दावेदारीलाई लिएर ठूलै हल्लाखल्ला भएको हो । मेस्सीले यस वर्ष पनि अवार्ड जितेको खण्डमा उनी ‘बालोन डि’ओर’ माथि डबल ह्याट्रिक गर्ने खेलाडी बन्ने छन् । उनले सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष यो पुरस्कार जितेका थिए । बाँकी दुई वर्ष रोनाल्डोले उछिने पनि गत वर्ष यो उपाधिमा पुनः कब्जा गरे । रोनाल्डोले सन् २००८ माम्यानचेस्टर युनाइटेडबाट खेल्दै पहिलो पल्ट ‘बालोन डि’ओर’ जितेका थिए । उनले रियल म्याड्रिड आगमनसँगै २०१३ र २०१४ मा यो पुरस्कार पुनः हात पारे । यस बर्ष ‘बालोन डि’ओर’ जितेको खण्डमा रोनाल्डोले म्याड्रिडबाट यो पुरस्कारमा पहिलो ह्याट्रिक पूरा गर्ने छन् । जुन समग्रमा उनको चौथो ‘बालोन डि’ओर’ हुनेछ । गत वर्ष रोनाल्डोले क्लब फुटबलको ४७ खेलमा ५१ गोल गरेका थिए । जसमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउदा उनले ११ खेलमा १६ गोल गरेका थिए । यसमा स्पेनिस ‘लालिगा’मा मात्र उनको ३६ खेलमा ३५ गोल थियो । गत वर्ष रियल म्याड्रिडलाई दुई वर्षको अन्तरालमा क्लब फुटबलको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि र देशका लागि पहिलो यूरो कप भित्र्याएको कारण उनको दावेदारीमा धेरैले दम देखेको छन् । यस दृष्टिकोणले कुरा गर्दा बार्सिलोनालाई क्लब फुटबलमा घरेलु ‘लालिगा’ र कोपा डेल रेको दोहोरो उपाधि तथा अर्जेन्टिनालाई दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको फाइनल पुर्याउन महत्वपूर्ण योगदान गरे बापत मेस्सीको दावेदारीलाई कसैले कम ठानेका छैनन् । मेस्सीले ४८ खेलमा ४१ गोल गरेका थिए । जसमा ‘लालिगा’मा ३३ खेलमा २६ गोल र च्याम्पियन्स लिगको ७ खेलमा ६ गोल रहेको छ । तर, यति हुँदाहुँदै पनि उनले रोनाल्डोभन्दा बढि गोलका लागि पास मिलाएका छन् । मेसीले ४८ खेलमा २१ ‘एसिस्ट’ गरेका थिए । जुन रोनाल्डोभन्दा ६ बढि हो । ‘बालोन डि’ओर’को अन्तिम मतका लागि यसै नोभेम्बरसम्मको समय–सीमा समाप्त भइसकेको छ । यस अवधिमा मेस्सीले कूल ६३ खेल खेलेका छन् । जसमा उनी ५९ गोल र ३४ ‘एसिस्ट’ गर्न सफल भएका छन् । यस्तै, रोनाल्डोले ५८ खेलमा ६१ गोल र १९ ‘एसिस्ट’ गरेका छन् । यसै सिजन मात्र मेस्सीले १८ खेल खेल्ने क्रममा २२ गोल र ७ ‘एसिस्ट’ गरेका छन् । यो सिजन त्यति फर्ममा नदेखिएका रोनाल्डोले भने १६ खेलमा १२ गोल र ६ ‘एसिस्ट’ गरेका छन् । –एजेन्सीको सहयोगमा विश्व रिमाल

क्रिस्टियानो रोनाल्डो लिओनल मेस्सी

विशेष