खेल

यू–१९ एसियाकप खेल्ने खेलाडीलाई बिदाइ

यू–१९ एसियाकप खेल्ने खेलाडीलाई बिदाइ
मंसिर–२७ । एसियाकप क्रिकेट खेल्न जाने १९ वर्षमुनिका खेलाडीलाई सोमबार बिदाइ गरिएको छ । काठमाडौँमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बिदाइ गरेका हुन् । प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका जाँदै छ । समूह ‘ए’मा रहेको नेपालसँगै श्रीलंका, भारत र मलेसिया छन् । नेपालले आगामी बिहीबार आयोजक श्रीलंकासँग खेल्नेछ । विनोद दासको प्रशिक्षकमा कप्तान सन्दिप लामिछानेसँगै टिममा मोहम्मद आसिफ, रविन्द्र जंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, सुवर्णाकार उराव, सन्दिप सुनार, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, रोहित कुमार पौडेल, अविश कर्ण छन् ।

नेपाली टोली यू–१९ एसियाकप

विशेष