खेल

न्यायाधीश र कानुन व्यवसायीको फुटबल पुसमा

न्यायाधीश र कानुन व्यवसायीको फुटबल पुसमा
मंसिर–२७ । नेपाल बार एसोसिएसनको ६०औँ वार्षिकोत्सवका अवसरमा आगामी पुस १, २ र ७ गते न्यायाधीश र कानुन व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । एसोसियसनद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष शेरबहादुर केसीले मैत्रीपूर्ण फुटबल खेलले न्यायाधीश र बारबीचको सम्बन्ध सुमधुर हुने बताए । एन्फा ग्राउन्ड सातदोबाटोमा हुने खेलमा न्यायाधीश समाज र काठमाडौँ उपत्यकामा रहेका सबै बारको सहभागिता रहनेछ । रासस

नेपाल बार एसोसिएसन फुटबल

विशेष