विधेयकले मधेस र पहाडका नाममा टुक्रयाउने आशङ्का
मंसिर–२७ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरीत कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले संविधान संशोधन विधेयक ल्याइएको भन्दै त्यसमा आफूहरुको असहमति रहेको बताएका छन् ।
साेमबार पत्रकारसँगको भेटमा उनले सो विधेयकले नेपालीलाई मधेस र पहाडका नाममा टुक्रयाउने र सामाजिक सद्भावमा गम्भीर आँच पुर्याउने जनाउँदै यो राष्ट्र हितभन्दा पनि दुर्घटनाको कारक बन्ने विचार व्यक्त गरे । रासस
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल