मेसीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डी ओर अवार्ड

मंसिर २८ – रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्ड जितेका छन् । रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै बालोना डी’ओर २०१६ अवार्ड जितेका हुन् ।
पोर्चुगलका रोनाल्डोले योसँगै चार पटक बालोन डी’ओर जितेका हुन् । मेस्सीले गते वर्ष पाँचौं पटक बालोन डी’ओर जितेका थिए । एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे ।
फ्रान्सेली फुटबलले जुरी तथा विश्वका एक सय ७३ खेल पत्रकारको मतको आधारमा अवार्ड प्रदान गरेको हो । रोनाल्डोले गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा पोर्चुगललाई युरोकप २०१६ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यस्तै फिफाले पनि आउँदो जनवरी ९ मा वर्ष खेलाडी अवार्ड प्रदान गर्दैछ ।
Ronaldo