स्वास्थ्य

‘गगन थापाले भन्दैमा निःशुल्क सेवा दिँदैनौं, जे गर्न सक्छन् गरेर देखाउँन्’– निजी अस्पताल सञ्चालकहरु

‘गगन थापाले भन्दैमा निःशुल्क सेवा दिँदैनौं, जे गर्न सक्छन् गरेर देखाउँन्’– निजी अस्पताल सञ्चालकहरु

मंसिर २८ । स्वास्थ्य मन्त्रालयले आगामी १ पुसबाट देशैभरका अस्पताललाई सेवा निःशुल्क गर्न निर्दैशन दिए पनि निजी अस्पताल सञ्चालकहरुले त्यसलाई सहज मान्ने आधार नभएको बताएका छन् ।

निजी तथा सामुदायिक अस्पताल सञ्चालकहरुको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले निजी क्षेत्रका चुनौतीलाई समाधान गरेमात्रै स्वास्थ्य मन्त्रालयको निर्देशन मान्ने स्पष्ट पारे ।

हचुवाको आधारमा सेवा नदिने भन्दै उनले भने, ‘निजी अस्पतालहरुको समस्याबारे मन्त्रालय गम्भीर नबन्ने अनि जबरजस्ती निःशुल्क सेवा दिनुपर्छ भन्ने कुरा हामीलाई मान्य हुने छैन । हाम्रा केही समस्या छन्, तिनको समाधान भए मात्र निर्देशन पालना गर्छौै । ’ –नयाँ पत्रिकाबाट

Gagan Thapa

विशेष