ताजा खबर समाज

मन्त्री निधीसंग छलफल गर्न पुगेका आइजिपी अर्याल मन्त्रालयमै ढलेपछि...

मन्त्री निधीसंग छलफल गर्न पुगेका आइजिपी अर्याल मन्त्रालयमै ढलेपछि...

मंसिर २८ । नेपाल प्रहरीको सरुवा बढुवामा गृहमन्त्री विमलेन्द्र निधि र आइजीपी उपेन्द्रकान्त अर्यालबीच विवाद झन् चर्किएको छ । दुई जनाको विवादले सरुवा बढुवा रोकिंदा सयौं प्रहरीको करिअर भने अस्तव्यस्त बन्न पुगेको छ ।

गत बिहीबार प्रहरी सरुवा बढुवाको विषयमा गृहमन्त्रालयमा गृहमन्त्री निधि र आईजीपी अर्यालबीच दिनभर छलफल भयो । केही सम्झौता गरेर भएपनि सरुवा बढुवाको निर्णय गर्ने मुडमा आईजीपी अर्याल मन्त्रालय गएका थिए । तर, मन्त्रीको अडानका कारण कुनै सहमति हुन सकेन ।

६ घन्टासम्म छलफल गर्दा पनि मन्त्री निधिले सरुवा तथा बढुवामा भ्रष्ट प्रहरीकै नाम लिएपछि अर्याल तनावमा परेका थिए । उनको ब्लडप्रेसर एक्कासी उच्च भयो । सोही कारण आईजीको उपचारका लागि मन्त्रालयमै चिकित्सक बोलाउनु परेको थियो । हतार हतार प्रहरी अस्पतालबाट चिकित्सक बोलाइएको थियो ।

प्रेसर बढेर मन्त्रालयमै ढल्ने अबस्था आएपछि उनलाई आराम गराएर चिकित्सक बोलाइएको मन्त्रालयका एक अधिकारीले बताए ।

दृष्टि साप्ताहिक

Upendra Kanta Aryal

विशेष