मनोरञ्जन

अभिनेता अनिल कपुरकी छोरीले आफू यौन शोषणमा परेको खुलासा गरेपछि...

अभिनेता अनिल कपुरकी छोरीले आफू यौन शोषणमा परेको खुलासा गरेपछि...
मंसिर २८ ।  बलिउड अभिनेता अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनम कपुरले आफ्नो यौन शोषण भएको खुलासा गरेकी छन् जहिले पनि आफ्नो फेशन स्टेटमेन्टका कारण चर्चामा आइरहने सोनमले सिएनएन न्युज १८ को एक बलिवुड राउण्ड टेबल कार्यक्रममा अन्य अभिनेत्रीहरुसँगको कूरकानीका क्रममा सो खुलासा गरेकी हुन् । उनको खुलासा पछि उनिसंगै रहेका अन्य अभिनेत्रीहरु विद्या बालन, आलिया भट्ट, अनुष्का शर्मा, राधिका आप्टे हैरान भएका थिए । बलिउडमा अभिनेत्रीहरुको यौन शोषणको बारेमा टिप्पणी गर्दै अभिनेत्री अनुष्का शर्माले पनि शारीरिक र मानसिक शोषण हुने गरेको बताएकी थिईन । उनले आफु सानो छदा आफ्नी आमाले तिमीलाई कसैले तिम्रो गलत ठाउमा छुन्छ भनेर प्रश्न गर्दा आमाले यस्तो किन सोधेको होला भनेर प्रश्न गर्ने गरेको बताउदै अनुष्काले सो प्रश्न किन सोधिएको हो अहिले आएर प्रष्ट भएको बताएकी थिइन् । बलिउडका सदाबहार नायक अनिक कपुरकी छोरी सोनम कपुरले यौन शोषणको कुरा सार्वजनिक गरेपछि बलिउडमा महिलामाथि हुने शोषणको अर्को पाटो सार्वजनिक भएको छ ।

Sonam Kapoor

विशेष