देश

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु
मंसिर – २८ । नवलपरासीको कावासोती – ३ त्रिनेत्रमा लु ३ त ५१७० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय १४ बर्षीय सुवास वि.क.को मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका बिकलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । त्यस्तै, धादिङको थाक्रे–३ मा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालक धादिङ्ग निलकण्ठ – १ चिसापानीका ४० वर्षीय कान्छा गुरुङ्गको मृत्यु भएको छ । कन्टेनरको ठक्करबाट गम्भीर घाइते भएका गुरुङ्गको उपचारको क्रममा वीर अस्पतालमा बिहान ६ बजे मृत्यु हो । दुर्घटनामा घाइते भएका गुरुङका छोरा सौगात गरुङको सोही अस्पतालमा उपचार भैरहेको छ । मंगलबार विहान ५ बजे ना ३ ख ८१ ८६ नम्बरको कन्टेनरले गुरुङका बाबुछोरा सवार रहेको बा ५१ प १३ ८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने कन्टेनर सहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

road accident सडक दुर्घटना

विशेष