रईसकी अभिनेत्री माहिराको यस्तो खुलाशा


बलिउड अभिनेता साहरुख खान अभिनित फिल्म ‘रईस’ रिलिज हुन केही महिना मात्रै बाँकी हुँदा उक्त चलचित्रबारे विभिन्न चर्चा परिचर्चा सुरु भएका छन् । फिल्ममा साहरुखसँग जोडि बाँधेकी पाकिस्तानी अभिनेत्री माहिरा खानले साहरुख आफ्नो पहिलयैदेखिको क्रस भएको बताएकी छिन् । पाकिस्तानी कलाकार माहिराकोे यो पहिलो बलिउड फिल्म हो । आफू विद्यालयमा पढ्ने बेलादेखि नै साहरुख आफ्नो पहिलो क्रस भएको माहिराले खुलासा गरेकी हुन् । विद्यालयमा हँुदा उनले साहरुखजस्तै केटा खोज्ने प्रयास गरेको स्पष्ट पारेकी छन् । आफ्नो बाल्यकालदेखिको क्रस रहेका सारुख खानसँग फिल्ममा काम गर्ने मौका मिल्दा माहिरा जिन्दगीको हर सपना पूरा हुने कुरामा सधैँ विश्वस्त रहेको बताउँछिन् । माहिरा खान पाकिस्तानका नामी कलाकारमध्ये एक हुन् । आफ्नो पहिलो बलिउड फिल्म ‘रईस’ को प्रोमोसनमा दुई देशबीचको शितयुद्धका कारण उनी भारतमा नहुने बताइएको छ । एजेन्सी Raees sharukh Khan माहिरा खान रईस साहरुख खान